नारायणी नदीमा पानीको सतह उच्च, गण्डक ब्यारेजका सबै ढोका खोलियो

NAWALPUR TIMES

नारायणी नदीमा पानीको सतह उच्च, गण्डक ब्यारेजका सबै ढोका खोलियो
IMG 20210615 180302

नारायण शर्मा/पूर्वीनवलपरासी — लगातारको झरीले नारायणी नदीमा पानीको सतह खतराको तहभन्दा माथि गएको छ ।

देवघाट जलमापन केन्द्रका अनुसार मंगलबार अपरान्ह ४ बजेपछि पानीको सतह ८ दशमलब २६ मिटरभन्दा माथि पुगेको छ । नारायणी नदीमा पानीको सतह ८ मिटर भन्दामाथि गएपछि खतराको संकेत गर्दछ ।

जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी आनन्द शर्माले नारायणी नदी आसपासका बासिन्दालाई सतर्क अपनाउन प्रशासनले अनुरोध गरेको सूचना जारी गरेको छ । आसपासका सूरक्षा निकायलाई सर्तक अवस्थामा राखिएको छ ।

त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको छ । लगातारको वर्षातको पानी र खोलाको बाढीले नारायणीमा पानीको सतह बढ्दै गएको हो ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology