नारायणी नदीबाट एक जनाले युवतीले हामफालिन

NAWALPUR TIMES

नारायणी नदीबाट एक जनाले युवतीले हामफालिन
Narayani Bridge Chitwan Nepal

नवलपुर । नारायणी नदीको नारायणी पुलबाट एक जना युवतीले हामफालेकी छिन्। इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गएराति ८ बजेको समयमा गैडाकोट २ नारायणी नदी पुलबाट १८ बर्षीय युवती सरस्वती कुवरले नदीमा फाल हालेकी हुन्।

बैतडी जिल्ला घर भई हाल चितवन स्थित पोखरा बसपार्कमा हर्बोको सामान बिक्री गर्ने काम गरी बस्ने कुँवरले पुलको बीच भागबाट हाम फालेको हो।

प्रहरीको टोली र स्थानीयले खोजी गर्ने क्रममा उनलाई गैडाकोट–६ टपरी होटल नजिकै नदी किनारमा फेला पारी उपचारको लागि भरतपुर सरकारी अस्पताल चितवन ल्याएको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम र उपचार भईरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology