नारायणी नदीको घोलमा डुंगा डुब्दा तीन जनाको मृत्यु

NAWALPUR TIMES

नारायणी नदीको घोलमा डुंगा डुब्दा तीन जनाको मृत्यु
Rapti River

कावासोती । पश्चिम नवलपरासीको सुस्तास्थित खोलामा डुंगा डुब्दा तीन जनाको मृत्यु भएको छ । सुस्ता गाउँपालिका ४ गोकुलनगरको नर्सहीस्थित नारायणी नदीको घोलमा डुंगा पल्टिँदा दुर्घटना भएको हो ।

सुस्ता गाउँपालिका ४ मा पिकनिक खाएर फर्किएका युवाहरू चढेको डुंगा दुर्घटना हुँदा सुस्ता गाउँपालिका ४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ वर्षीय निरज हरिजन र १८ वर्षीय रन्जित गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख एसपी ऋषिराम कँडेलले जानकारी दिए ।

डुंगामा सवार २ जना नदीमा डुबेर घाइते भएका छन् । घाइते हुनेमा २२ वर्षीय किशोर हरिजन र सोहीत सहानी छन् । उनीहरूलाई अहिले उपचारका लागि भैरहवा लगिएको छ । घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology