भरतपुर । मंगलबार मध्यान्ह १२ः३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं–१, देवघाटस्थित नारायणी नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् ।
धादिङको महादेवबेसी घर भई हाल भरतपुर–१, देवघाटस्थित डेरा गरी बस्ने पार्वती अधिकारीको १६ वर्षीय छोरा अभिषेक अधिकारी नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।
बेपत्ता भएको खबर पाउनेवित्तिकै अस्थायी प्रहरी पोस्ट देवघाट र वडा प्रहरी कार्यालय नारायणगढको विपद्सहितको प्रहरी टोलीले खोजतलास कार्य गरिरहेको प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
प्रकाशित : २०७९ असोज ११ गते २०:३७
Facebook Comment