नारायणीमा पौडी खेल्ने क्रममा १६ वर्षीय किशोर बेपत्ता

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत ६ गते १६:४२
नारायणीमा पौडी खेल्ने क्रममा १६ वर्षीय किशोर बेपत्ता
narayani river 20211202114904

नवलपुर । नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिका–१७ कुजौलीघाटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा धादिङ नीलकण्ठ नगरपालिका–९ घर भई देवचुलीस्थित आफन्तको घरमा आएका १६ वर्षीय नवराज श्रेष्ठ आइतबार बिहान बेपत्ता भएका हुन् ।

पौडी खेल्ने क्रममा बेपत्ता भएका श्रेष्ठको अवस्था अहिलेसम्म पनि अज्ञात रहेका कारण जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । पौडी खेल्दा बेपत्ता भएको स्थान र त्यसभन्दा तल्लो तटीय क्षेत्रमा उनको खोजी कार्य तीव्र पारिएको उनले बताए । रासस

प्रकाशित : २०७८ चैत ६ गते १६:४२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI