नारायणीमा पानीको सतह दोब्बर : गैंडाकोटदेखि त्रिवेणीधामसम्मका कैयौं बस्ती डुबान र कटानको जोखिममा

NAWALPUR TIMES
प्रकाशित : २०७९ असार १५ गते २२:२३
नारायणीमा पानीको सतह दोब्बर : गैंडाकोटदेखि त्रिवेणीधामसम्मका कैयौं बस्ती डुबान र कटानको जोखिममा
IMG4579 1600984154

पूर्वी नवलपरासी — भीषण वर्षाका कारण नवलपरासीस्थित नारायणी नदीमा पानीको सतह पछिल्लो १८ घण्टाको अवधिमा दोब्बर बढेको छ । नदी आसापासका गाउँ जोखिममा परेको बताइएको छ ।

नारायणी नदीको गैंडाकोटदेखि त्रिवेणीधामसम्मका क्षेत्रका कैयौं बस्ती डुबान र कटानको जोखिममा परेका छन् । त्रिवेणीस्थित गण्डक ब्यारेजमा पानीको सतह ह्वात्तै बढेको छ । बुधबार राति ९ बजेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजमा पानीको वहाव करिब ३ लाख क्यूसेक लिटर प्रतिसेकेण्डको दरले बगेको छ ।

जल मापनकेन्द्र देवघाटका अनुसार बुधबार राति पौने १० बजेसम्म देवघाटमा पानीको सतह करिब ६ दशमलब २ मिटर माथि पुगेको छ । त्यहाँ पानीको सतह ७ मिटर पुगेपछि खतराको संकेत दिएको मानिन्छ ।

जल तथा मौसम विज्ञान विभागले बुधबार राति एक सूचना प्रकाशन गरेर कावासोती, डण्डा र गिरुवारी क्षेत्रमा सतर्कता अपनाउन अपिल गरेको छ । त्रिवेणीस्थित गण्डक ब्यारेजमा पानीको सतह ह्वात्तै बढेको छ ।

प्रकाशित : २०७९ असार १५ गते २२:२३
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI