नारायणीमा डुबेर दाजुभाइको मृत्यु

NAWALPUR TIMES

नारायणीमा डुबेर  दाजुभाइको मृत्यु
Dead 1561007018

कावासोती । नारायणी नदिमा डुबेर एकै घरका २ जना दाजुभाइको मृत्यु भएको छ ।

गैंडाकोट नगरपालिका वडा नं ७ गैरीका १४ वर्षीय सबिन कुमाल र ९ वर्षका संगम कुमालको नारायणी नदिमा डुबेर मृत्यु भएको हो ।

साथीहरु सँग नारायणी नदिमा पौडी खेल्न गएका उनिहरु नारायणी नदिमा डुबेर बेपत्ता भए पछि सँगै गएका साथीले गाउँमा आएर खबर गरे पछि नदिमा पुगेका स्थानियले सुरुमा सबिन कुमालको उद्धार गरेर अस्पताल पुर्‍याएका थिए। अस्पताल पुर्‍याउदा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए भने बेपत्ता भएका संगम कुमाललाई तीन घण्टा पछि मृत फेला पारेका नवलपुर प्रहरीले जानकारी दिएको छ ।

एउटै घरका दुईजना बालकको निधन भए पछि पुरै गाउँ शोकमा डुबेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology