नारायणघाट बुटवल सडक : पूर्वी खण्डको प्रगती ४१ प्रतिशत

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज २३ गते ११:५६
नारायणघाट बुटवल सडक :  पूर्वी खण्डको प्रगती ४१ प्रतिशत
narayangadh16789526741680667948

सन्जय भट्टराई, कावासोती । करिब १७ अर्बको लगानीमा बिस्तार गर्न लागिएको पुर्व पश्चिम राजमार्गको बुटवल नारायणघाट सडक खण्डको पूर्वी खण्ड (गैडाकोट दाउन्ने) ६४.४२ किलोमिटर को भौतिक प्रगति मात्रै ४१.१७ प्रतिशत पुगेको छ । साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्नेगरी सम्झौता भएपछि २०७५ चैत्र ८ शिलान्यास गरिएको सडकको पटक पटक म्याद थप्दा पनि भौतिक प्रगतिले अपेक्षित गति लिन नसकेको हो ।

गत २०७९ साउन मा आयोजनाको म्याद सकिए पछि एक वर्षको समय पाएको निमार्ण कम्पनिले थपएिको म्याद सकिदाँ आयोजनाको भौतिक प्रगति मात्रै १८ प्रतिशत थियो । थपएिको एक वर्षमा पनि आयोजनाले गति लिन सकेन । म्याद थपएिको एक वर्ष समय सकिदाँ सम्म आयोजनाको प्रगति मात्रै ३८ प्रतिशत पुगेको थियो । थपएिको समयमा पनि काम नसकिए पछि २०८० भदौ ११ गते बाट लागु हुने गरि आयोजनाले काम सम्पन्न गर्न थप ३३० दिनको समय पाएको छ ।

भदौ ११ गते तेस्रो पटक म्याद थपिएको एक महिनाको समयमा ३ प्रतिशत काम सम्पन्न हुदाँ आयोजनाको पूर्वी खण्डको सम्रग प्रगति ४१.१७ प्रतिशत पुगेको आयोजनाका पूर्वी खण्डका प्रोजेक्ट म्यानेजर राकेश झाले बताए । थप गरिएको समयमा काम सम्पन्न गर्ने गरि निमार्णकार्यलाई अगाडी बढाईएको म्यानेजर झाले बताए ।

उनका अनुसार पूर्वी खण्डमा कामदार प्राविधिक गरेर दैनिक ५ सय ९५ जना ले अहिले काम गरिहेका छन भने १३ वटा एक्साभेटर, ७ वटा ग्रेडर, ११ वटा लोडर, ४ वटा क्रेन २८ वटा ट्रिपर, १० वटा पानी बोक्ने टयाङकी तथा ५ वटा कंक्रीट बोक्ने गाडीले नियमित काम गरिरहेका छन ।

निमार्ण कम्पनीले कामको गति पहिलेको भन्दा बढेको बताउदै आयोजना गैँडाकोटमा रहेको आयोजनाको पूर्र्वी खण्ड हेर्न कार्यालयका सूचना अधिकारी एवं ईन्जिनियर धिरज ढकाले सडक विभागले आयोजनाको नियमित रुपमा अनुगमन गरिरहेको बताए ।

ढकालका अनुसार पूर्वी खण्डमा भएका साना पुलहरुको काम सकिएको छ भने १२ वटा ठुला पुल मध्ये ११ वटाको सब स्ट्रक्चरको काम सकिएको र विनयी खोलाको १ वटा पुलको मात्रै सब स्ट्रक्चरको काम बाकी रहेको छ । पूर्वी खण्डमा ५० प्रतिशतको हाराहरीमा बिजुलीको पोल सार्ने सकिएको ढकालले बताए । विशेष गरेर बजार क्षेत्र तथा कार्यालय बढी भएका क्षेत्रमा बिजुलीको सार्ने काममा ढिलो भएको उनको भनाई थियो । पोल सार्ने कामका लागी बिजुली सट डाउन गर्नु पर्ने भएकाले पनि ढिला हुने गरेको ढकाल बताउँछन । बजार क्षेत्र तथा कार्यालय भएका क्षेत्रमा बिजुली सट डाउन गर्न सम्सया हुने गरेकाले बिदाको दिन मात्रैै बिजुलीको पोल सार्ने गर्नु परेकाले काममा ढिलाई भएको उनको भनाई थियो ।

आयोजनाले सडक कालोपत्रे गर्नेकामलाई समेत निरन्तरता दिएको प्राजेक्ट म्यानेजर झाले बताए । उनका अनुसार अहिले सम्म पूर्वी खण्डमा १६ किलोमिटर बाटो कालोपत्रे गरिएको छ । नजिकिदैँ गरेको चाडपर्वको मुखमा भत्किएको बाटो मर्मत गर्ने कामलाई पनि अगाडी बढाईएको झाले बताए । झाका अनुसार पूर्वको गैडाकोटबाट भत्किएको बाटो मर्मत गर्ने र खाल्डाखुल्डी पुर्नेकामलाई निरन्तरता दिईएको झाले बताए ।

चाईना स्टेट ईन्जिनियरिङ कर्पोरेसनले गैंडाकोटको नारायणी नदि पुल देखि बुटवल सम्म ११५ किलो मिटर सडक आयोजनालाई २ खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । नवलपुरको गैंडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८.५८ किलोमिटर लाई खण्ड‘ख’ अन्तर्गत राखिएको सडक बस्ती क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा कूल रु १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्गकोे विस्तार गरिरहेको छ । लागतको ८५ प्रतिशत रकम एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी सरकारकै लगानीमा काम हुने आयोजनाले जनाएको छ । एडिबीले एक दशमलव पाँच प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो ।

साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि विसं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

प्रकाशित : २०८० असोज २३ गते ११:५६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI