नारायणघाट बुटवल सडक आयोजनाले बजेट खर्च गर्न नसक्दा नवलपुरमा पुजिगत खर्च मात्रै ४४ प्रतिशत

NAWALPUR TIMES

नारायणघाट बुटवल सडक आयोजनाले बजेट खर्च गर्न नसक्दा नवलपुरमा पुजिगत खर्च मात्रै ४४ प्रतिशत
narayangadh butwal sadak road

कावासोती । नारायणघाट बुटवल सडक आयोजनाले बजेट खर्च गर्न नसक्दा नवलपुर जिल्लाको समग्र पुजिगत खर्च समेत कम देखिएको छ ।

गत आवमा जिल्लामा विकास निर्माणका लागी आएको बजेटको ठूलो हिस्सा नारायणघाट बुटवल सडक आयोजनाको पुर्वीका लागि थियो । यो आयोजनाको पुर्वी खण्डका लागि गत आवमा विनियोजन भएको बजेट ३ अर्ब ७७ करोड २१ लाख ४९ हजार मध्ये १ अर्ब ६० करोड ४९ लाख ९४ हजार ७ सय ९० रुपियाँ अर्थात ४२.५४ मात्रै पुजीगत बजेट खर्च गरेको कोष तथा लेखा नियन्त्रकको कार्यालय नवलपुरले जनाएको छ ।

आयोजनाले बजेटको ठूलो हिस्सा खर्च गर्न नसक्दा गत आवमा समग्र नवलपुरको पुजी गत खर्च मात्रै ४४.१८ प्रतिशत पुगेको हो । गत आवमा नवलपुरका लागि ३ अर्ब ९१ करोड ७० लाख २७ हजार ९ सय ९ विनियोजित भएकोमा १ अर्ब ७३ करोड ८ लाख १३ हजार ५ सय २४ रुपियाँ खर्च भएको कोलेनिका नवलपुरले जनाएको छ ।

नारायणघाट बुटवल सडक आयोजनाको पुर्वी खण्ड बाहेकका अन्य योजनाका लागि प्राप्त बजेट १४ करोड ४८ लाख ७८ हजार ९सय ९ मध्ये १२ करोड ५८ लाख १८ हजार ७ सय ३४ रुपिया खर्च भएको कोलेनिका नवलपुरले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

४२ महिनामा सम्पन्न गर्ने गरि २०७५ को चैतमा सुरु भएको आयोजनाको भौतिक प्रगति ५३ प्रतिशतको हाराहारीमा छ । ६ वर्षको अवधिमा ५२ प्रतिशत मात्रै काम सम्पन्न भएको  नारायणघाट बुटवल सडक आयोजनाले बजेट खर्च समेत गर्न नसकेको हो । यो आयोजनाले गत आ.व ०८०/८१ मा ४६.९८ प्रतिशत (पुर्वी तथा पश्चिम खण्ड दुवै)मात्रै बजेट खर्च अर्थात वित्तीय प्रगति गरेको हो ।

आयोजनाको दुवै खण्डका लागि लागि गत आवमा ७ अर्ब ४४ करोड ९२ लाख विनियोजन भएकामा ४६.९८ प्रतिशत मात्र खर्च भएको छ । अर्थात् ३ अर्ब ४९ करोड ९२ लाख रुपैयाँ खर्च भएको हो । २०७५ चैत ८ मा निर्माण थालिएको यो आयोजनाको अहिलेसम्म ५३ प्रतिशत मात्र प्रगति छ । १ सय १३ किमि सडक विस्तारको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो ।

 

हेर्नुहोस गत आवमा नवलपुरका कार्यालय/आयोजनाले  गरेको बजेट खर्च

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology