नारायणगढ–मुग्लिन सडकखण्ड अझै अवरुद्ध

NAWALPUR TIMES

नारायणगढ–मुग्लिन सडकखण्ड अझै अवरुद्ध
Panch Kilo landslide Narayangadh Muglin road section 02.jpg.800x630 q70 crop

कावासोती । नारायणगढ–मुग्लिन सडकखण्ड अझै खुल्न सकेको छैन । पहिरो जाने क्रम नरोकिएपछि अवरुद्ध सडक खुल्न नसकेको हो ।

सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा हिजो दिउँसो खसेको पहिरोसँगै निरन्तर ढुंगा खसेपछि पन्छाउन सकिएको छैन । अहिले पनि पहिरो खस्ने क्रम रोकिएको छैन । पानी रोकिए पनि पहिरो भने खसिरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार ढुंगा खसिरहेकाले अवरुद्ध सडक खुलाउन नसकिएको हो ।

पहिरो पन्छाउने क्रममा बिहीबार प्रहरी वरिष्ठ हवल्दार जयराम शाह घाइते भएका थिए ।

प्रहरीचौकी सोमेश्वर माडी दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय मुग्लिनमा कार्यरत शाहलाई माथिबाट खसेको ढुंगा खसेर लाग्दा शाह घाइते भएका थिए ।

बिहीबार दिउँसो १३ः२० बजेदेखि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै उक्त सडकखण्ड हुँदै चल्ने सवारीसाधन अलपत्र परेका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology