नारायणगढ मुग्लिन सडकखण्डमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध

NAWALPUR TIMES

चितवन : चितवनको नारायणगढ मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुबैतर्फ सडक अवरुद्ध भएको छ । शुक्रबार राती ईच्छाकामना गाउँपालिका ६ स्थित कालिखोलामा माथीबाट सुख्खा पहिरो झरी दुबै तर्फ बाटो अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनले जनाएको छ ।

सडक खुलाउन केहि समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिए । राति साढे २ देखि सडक अवरूद्व हुदां साे सडक भएर यात्रा गर्ने सवारीकाे ठुलै लाईन रहेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology