नारायणगढ-मुग्लिन खण्ड फेरि अवरुद्ध

NAWALPUR TIMES

नारायणगढ-मुग्लिन खण्ड फेरि अवरुद्ध
narayanghad mugling pahiro

चितवन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड गएरातिदेखि फेरि अवरुद्ध भएको छ ।

चौध किलो र सेती दोभानमा लेदोसहितको पहिरोले गएराति सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । आइतबार सेतीदोभान पहिरो पन्छाएर एकतर्फी खुलाइको केहीबेरमै फेरि सकड अबरुद्ध भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार पहिरो खुलाउने प्रयास भइरहेको छ । प्रहरीले अत्यावश्यक सवारी साधनहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology