नायिका रागिनी प्रहरीको केन्द्रीय अपराध शाखाको हिरासतमा थप सामग्री

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १९ गते १२:५०
नायिका रागिनी प्रहरीको केन्द्रीय अपराध शाखाको हिरासतमा थप सामग्री
ragini dwivedi 8 1599202848

कन्नड अभिनेत्री रागिनी द्विवेदीलाई भारतीय प्रहरीको केन्द्रीय अपराध शाखाले नियन्त्रणमा लिएको छ । कन्नड फिल्म उद्योगसँग जोडिएको लागू औषधको विषयलाई लिएर प्रहरीले उनलाई हिरासतमा लिएको हो ।

प्रहरी स्रोतका अनुसार सीबीसीको एक टोली बिहान ६ बजे नै उनको निवास पुगेको थियो । सीसीबीले बुधबार अभिनेत्री द्विवेदीलाई प्रहरीमा हाजिर हुन भनेपनि उनले आफ्ना वकिलको टिम पठाएर सोमबारसम्मको समय मागेकी थिइन् ।

त्यसपछि प्रहरीले उनलाई शुक्रबार उपस्थित हुन भनेको थियो । सीसीबीले उनलाई आजै अदालतमा पेश गर्ने तयारी गरेको छ ।

मादक पदार्थ ब्युरो  (एनसीबी) ले बैंग्लोरबाट ३ जनालाई पक्राउ गरेको थियो । उनीहरुमाथि कन्नड फिल्म उद्योगका गायक र कलाकारलाई मादकपदार्थ आपूर्ति गरेको आरोप लागेको थियो ।

त्यसपछि सीसीबीले छानविन सुरु गरेको थियो । कन्नड फिल्म उद्योगका कम्तीमा १५ जना व्यक्ति मादकपदार्थसँग सम्बन्धित कारोबारमा सामेल भएको बताइएको छ ।

प्रकाशित : २०७७ भदौ १९ गते १२:५०

ताजा अपडेट

Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI