नायक पल शाहविरुद्ध प्रहरीमा कुटपिटको उजुरी

NAWALPUR TIMES

नायक पल शाहविरुद्ध प्रहरीमा कुटपिटको उजुरी
1614309469892

सुनसरी, १४ फागुन । चर्चित मोडल तथा नायक पल शाहविरुद्ध कुटपिटसम्बन्धी उजुरी परेको छ । आफूमाथि दुर्व्यवहार र कुटपिट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् ।

 

उजुरी परेपछि प्रहरीले शाहलाई छलफलका लागि आज (शुक्रबार) उपस्थित हुन भनेको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार शाहविरुद्ध कुटपिटसम्बन्धी एउटा उजुरी बुधबार दर्ता भएको हो ।

म्युजिक भिडियोको सुटिङ गर्न केही दिनअघि धरान आएका शाहको निर्देशनमा उनका सहयोगीले बुधबार साँझ चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानमाथि कुटपिट गरेको आरोप लागेको छ।

धरानमा गर्न लागिएको कार्यक्रममा आइदिन आग्रह गर्दा पलले सहयोगी कृष्णप्रसाद जोशीलाई लगाएर प्रधानमाथि कुटपिट गराएको दाबी पीडित पक्षले गरेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology