नाबालिग गायिका बलात्कार मुद्दामा पुर्पक्षका लागि पल शाह उच्च अदालत जाने

NAWALPUR TIMES

नाबालिग गायिका बलात्कार मुद्दामा पुर्पक्षका लागि पल शाह उच्च अदालत जाने
Paul Shah

काठमाडौं । नाबालिग गायिका बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाह उच्च अदालत जाने भएका छन् ।

जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध उनी पुनरावेदनका लागि आज उच्च अदालत पोखरा जाने भएका छन् ।

पलका पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेका अनुसार सोमबार नै उच्च अदालत जाने तयारी भएपनि समयाभावका कारण मंगलबार जान लागिएको हो ।

पललाई तारेख वा धरौटीमा छाडेर मुद्दा पुर्पक्ष गरियोस् भनेर माग राखेपनि अदालतले थुनामा पठाएकाले पुनरावेदन दिन लागेको उनको भनाइ छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology