नाबालिका बलात्कारका दुई अभियुक्तलाई नवलपुर जिल्ला अदालतद्वारा जन्मकैदको सजाय

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २ गते १२:२४
नाबालिका बलात्कारका दुई अभियुक्तलाई नवलपुर जिल्ला अदालतद्वारा जन्मकैदको सजाय
1583299770826189127finel

नारायण शर्मा/नवलपरासी पूर्व — बलात्कार गरेको अभियोगमा २ जनालाई जिल्ला अदालत नवलपरासी पूर्वले जन्मकैदको सजाय सुनाएको छ । नाबालिकालाई बलात्कार गरेको अभियोगमा देवचुली नगरपालिका ९ बस्ने रोहित थापा (२७ वर्ष) र विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ रानीनगरका १५ वर्षीय एक किशोरलाई जिल्ला अदालतका न्यायाधीश अर्जुन अधिकारीको एकल इजलासले शुक्रबार जन्मकैदको सजाय सुनाएको हो ।

दुवै अभियुक्तले छिमेकी नाबलालिकालाई बलात्कार गरेको अनुसन्धानमा खुलेको थियो । दुवै अभियुक्तबाट ५०–५० हजार रुपैयाँ क्षतिपूर्ति भराइएको छ ।

अभियुक्त थापाले छिमेकी ८ वर्षकी नाबालिकालाई अघिल्लो वैशाख ३१ गते खेल्दै आफनो घरमा आएको मौका पारेर बलात्कार गरेको बयान दिएका छन । घरनजिक खेल्दै आएको मौका पारेर ती नाबालिकालाई चकलेट दिएर खेतमा लगेर बलात्कार गरेको उनले बयान दिएका छन् । पीडित नाबालिकाका अभिभावकले दिएको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

त्यस्तै विनयी त्रिवेणी गाउँपालिकाका १५ वर्षीय किशोरले घरनजिकै खेल्न आएको बेलामा ६ वर्षीया नाबालिकालाई बलात्कार गरेका थिए । उक्त घटना २०७७ साल जेठ ३१ गतेको हो । ती किशोरलाई भने १२ वर्ष ६ महिना कैद सजाय सुनाइएको छ । नाबालक भएका कारण उनलाई बालसुधारगृहमा राखेर कैद सजाय भुक्तानी गर्ने अदालतको आदेशमा उल्लेख छ ।

प्रकाशित : २०७८ साउन २ गते १२:२४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI