नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नवलपुर बाट ७४ जना खेलाडी सहभागी हुने

NAWALPUR TIMES

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नवलपुर बाट ७४ जना खेलाडी सहभागी हुने
ninth logo1651917811

कावासोती(रासस)। असोज २८ गतेबाट गण्डकी प्रदेशको पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नवलपुर बाट ७४ जना खेलाडी सहभागी हुने भएका छन ।

नवलपुरबाट विभिन्न १५ खेल विधामा  २६ महिला सहित ७४जना  खेलाडीले प्रतिस्पर्धा जिल्ला खेलकुुद विकास समिति नवलपुरका अध्यक्ष सेतबहादुर पुनले बताउनु भयो ।

नवलपुरबाट भलिबल मा ३ पुरुष, ब्याडमिन्टनमा १ पुरुष, करातेमा १ पुरुष, खो खोमा मा ६ महिला र ६ पुरुष, एथलेटिक्समा २ महिला र ६ पुरुष, रग्बीमा २ पुरुष, कुस्तीमा ४ महिला र १० पुरुष, फुटबलमा ४ महिला र ३ पुरुष, तेक्वान्दोमा २ महिला र १ पुरुष, बक्सिङमा ५ पुरुष, सेपाताक्रोमा ६ महिला र ५ पुरुष, क्रिकेटमा १ महिला र २ पुरुष र शारिरीक सुसंगठनमा २ पुरुष गरी ७४ जना खेलाडीले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै भाग लिने अध्यक्ष पुनले बताउनु भयो ।

३६ वटा विधाका खेल प्रतियोगिताहरु गण्डकीका ९ जिल्लामासन्चालन हुने र पुर्वी नवलपरासीमा सेपाताक्रो र कुस्तीको प्रतियोगिता हुने छ ।

नवौँ राष्ट्रिय खेलकुदमा प्रतियोगितामा एथलेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्न्यास्टिक, कबड्डी, भारोत्तोलन, सुटिङ र पौडी समावेश छ । यस्तै ह्यान्डबल, जुडो, कुस्ती, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, चेस, खोखो, कराते, आइटीएफ तेक्वान्दो, सेपाकटाक्रो, गल्फ, फुल कन्ट्यान्ट कराते, आर्चरी, फेन्सिङ, साइक्लिङ, ट्रायथलन, रग्बी र प्याराग्लाइडिङ पनि प्रतियोगितामा समेटिएका छन् ।

गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology