नवलपुर वितरक संघको अध्यक्षमा अधिकारी

NAWALPUR TIMES

नवलपुर वितरक संघको अध्यक्षमा अधिकारी
rame2021 11 13 08 25 26

नवलपुर – नवलपुर वितरक संघले चौथो वार्षिकोत्सव तथा तेस्रो अधिबेशन सम्पन्न गरेको छ । तेस्रो अधिवेशनबाट आगामी कार्यकालका लागि अध्यक्षमा रेशम अधिकारीलाई सर्वसम्वत चयन गरेको छ । संघका अध्यक्ष कृष्णप्रसाद अर्यालको अध्यक्षता रहेको कार्यक्रम्मा नेपाल वितरक महासंघका सस्थापक अध्यक्ष एवं वरिष्ठ सल्लाहकार गोविन्द कर्माचार्यको प्रमुख आतिथ्यता रहेको थियो

प्रमुख अतिथि कर्माचार्य लगायत बोल्ने बक्ताहरुले पेशागत सुरक्षाका लागि संस्थागत रुपमा बलियो हुनुपर्ने बताएका छन् ।  प्रत्यक्ष नागरिकका दैनीकी अत्यावस्यक बस्तुदेखी अन्य आवश्यकताका बस्तु आपुर्तिमा समन्वय गर्ने वितरकका समस्या र चुनौतीलाई संगठित भएर समाधान गर्न सकिने भएकाले वितरक संघलाई मजबुत बनाएर लैजान कर्माचार्यले सुझाएका थिए ।

 

अध्यक्ष अर्यालले जिल्लामा बिभिन्न बस्तुगत वितरकहरुको संस्थाले एक क्षेत्रलाई प्राथमिकतामा राख्दै गर्दा नवलपुर वितरक संघले सवैलाई समेटेर अगाडि बढ्ने उदेश्य रहेको बताएका थिए । यसैगरी तेस्रो अधिबेशनबाट उपाध्यक्ष्मा घनश्याम पाण्डे र महेश सिग्देल,महासचिवमा नरेन्द्र न्यौपाने,कोषाध्यक्षमा सरोज क्षेष्ठ चयन हुनुभएको छ भने सदस्यहरुमा प्रकाश बास्ताकोटी,थानेश्वर चालिसे,कृष्ण काफ्ले,विनय अधिकारी सर्वसमत चयन हुनुभएको छ । त्यसैगरी लेखासंयोजकमा सन्तोष नेपाल (गुरु) चयन हुनुभएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology