नवलपुर राेढा ढुङ्गा ब्यवसायी संघकाे अध्यक्षमा रायमाझी

NAWALPUR TIMES

नवलपुर राेढा ढुङ्गा ब्यवसायी संघकाे अध्यक्षमा रायमाझी
received 933842080474354 scaled

कावासाेती । नवलपुर राेडा-ढुङ्गा ब्यवसायी संघकाे अध्यक्षमा भाेजेनद्र रायमाझी निर्बाचित भएका छन।
आज नवलपुरकाे गैडाकाेटमा भएकाे दाेस्राे जिल्ला सम्मेलनले रायमाझी काे अध्यक्षमा ७ सदस्यीय कार्य समिति गठन गरेकाे छ । उपाध्यक्षमा रिभरकुमार श्रेष्ठ सचिबमा बुद्धि प्रसाद आचार्य काेषाक्ष्यमा भाेट बहादुर जिसीलाई सर्बसहमत चयन गरेकाे छ ।
यसै गरि सम्मेलनले सदस्यहरूमा राजकुमार ढकाल ,सुर्य गुरुङ र हरी पाठकलाई चयन गरेकाे हाे ।

नेपाल राेडा ढुङ्गा ब्यवसायी संघ गण्डकी प्रदेश समितिका अध्यक्ष सुरेन्द्र त्रिपाठीले सम्मेलन उद्धाटन गर्दै राज्यले कर लिने तर नबिकरण नगर्ने प्रबृत्ति दुखद भएकाे बताए ।उनले मापदण्ड बिपरीत खाेलिएका उधाेग बन्द गर्नु पनै बताउदै
कानुनकाे मापदण्ड अनुशार खाेलिएका उधाेग काे नबिकरण राज्यले गर्नु पर्ने कुरामा जाेड दिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology