नवलपुर मा ५४ औं अन्तराष्ट्रिय साक्षरता दिवस भर्चुअल कार्यक्रम गरि मनाइयो

NAWALPUR TIMES

नवलपुर मा ५४ औं अन्तराष्ट्रिय साक्षरता दिवस भर्चुअल कार्यक्रम गरि मनाइयो
FB IMG 15995677443655540

नवलपुर । शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरको समन्वय एवं शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल नवलपुरको आयोजनामा विजय विकास स्रोतकेन्द्रको प्राविधिक सहयोगमा आयोजित शिक्षण तथा सिकाइमा शिक्षाकर्मीको भुमिका विषयक भर्चुअल संवाद कार्यक्रम सोमबार सप्पन्न भएको छ ।

कार्यक्रममा जिल्लाका शैक्षिक व्यक्तित्वहरुले वर्तमान विषम परिस्थितिमा उपयुक्त विधिहरुको प्रयोग गरेर शैक्षिक गतिविधी सुचारु हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख कृष्णचन्द्र पोख्रेलले नवलपुर जिल्लाको साक्षरता र शैक्षिक झलक प्रस्तुत गरेका थिए । नवलपुर जिल्ला टुक्रिनु भन्दा अगाडी नवलपरासी जिल्ला लाइ २०७२ साल असार ३१ गते साक्षर जिल्ला घोषणा गरिएको थियो । साक्षर जिल्ला घोषणा गर्दा जिल्लाको साक्षरताको अवस्था ( १५ देखी ६० वर्ष उमेरका ) ९६.६ प्रतिशत रहेको तर नवलपुर जिल्लाको अवस्थालाइ मात्र हेर्दा ९७.५ प्रतिशत साक्षर रहेको तथ्याङ्कमा पाइएको इकाइ प्रमुख पोख्रेलले बताए ।

पोख्रेलका अनुसार नवलपुरको हकमा ग्रामिण क्षेत्रमा साक्षरता दर केही कम र शहरि क्षेत्रमा वढि रहेको पाइएको छ तर जिल्ला पुर्णरुपमा साक्षर भएको छैन । तथ्याङ्कमा १५ देखी ६० वर्ष उमेरका साक्षरता ९७.५ प्रतिशत रहेपनि ६० वर्ष देखि माथीका धेरै जनसख्या निरक्षरनै रहेको र साक्षर भएकाहरुलाइ सिकेका कुराहरु विर्सन नदिएर थप विषयवस्तु सिकाउन निरन्तर कक्षा मार्फत साक्षरताका कार्यक्रमहरु निरन्तर चल्नुपर्ने देखिन्छ ।

कार्यक्रममा अधिकांस वक्ताहरुले कोरोनाको कारण विद्यालयको शैक्षिक गतिविधी सुचारु हुन नसक्दा जिल्लाकै शैक्षिक गुणस्तरमा नकारात्मक असर पर्ने चिन्ता व्यक्त गरेका थिए । त्यस्तै कार्यक्रममा ठाँउ परिवेशको आधारमा वैकल्पिक सिकाइका विधिहरु अवलम्वन गर्दै शैक्षिक गतिविधी सूचारु गर्न सुझाव पेश गरेका थिए ।

कार्यक्रम आयोजक संस्थाको अध्यक्ष लक्ष्मी गौतमको अध्यक्षतामा भएको थियो । पुर्व क्षेत्रिय शिक्षा निर्देशक खड्ग वहादुर कमाल, शिक्षक मासिक पत्रिकाका सम्पादक राजेन्द्र दाहाल, उपसचिव गोपाल कंडेल, नगर तथा गाउ शिक्षा शाखाका प्रमुख एवं प्रतिनिधिहरु, शिक्षक महासंघ नवलपुरका अध्यक्ष मोहन कलवार सहित पेशागत संस्थाका प्रमुखहरु, विव्यसका पदाधिकारीहरु, प्र.अ लगाएत शिक्षकहरु एवं शिक्षा कर्मीहरु सहित झण्डै ५५ जनाको उपस्थिति रहेको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology