नवलपुर टाईम्स समाचार प्रभाव : नारायणीको उत्तरी भंगालोमा पानी फर्काउन थालियो

NAWALPUR TIMES

नवलपुर टाईम्स समाचार प्रभाव : नारायणीको उत्तरी भंगालोमा पानी फर्काउन थालियो
received 1575386862978196

कावासोती : नवलपुर क्षेत्र भएर भग्ने नारायणीको उत्तरी भंगालोमा पानीको बहाव फर्काउन सुरु गरिएको छ ।

गैंडाकोट नगरपालिकाको पहलमा गैंडाकोट १७ को शिख्रौलीघाट बाट उत्तरी भंगालोमा पानीको बहाव फर्काउन सुरु गरिएको गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले जानकारी दिनु भयो । चितवन राष्ट्रिय निकुञ्ज सँगको समन्वयमा नदिमा डोजर लाएर उत्तरी भंगालोमा नदिको पानीलाई फर्काउन सुरु गरिएको नगरप्रमुख अधिकारीले बताउनु भयो ।

गैंडाकोट नगरपालिकाको शिख्रौली घाट देखि डोजर लगाएर नदिको पानीलाई उत्तरी भंगालोमा फर्काउन सुरु गरिएको बताउदै शिख्रौली उपभोक्ता समितिका अध्यक्ष उमेश शाहीले पानीको बहाव फर्काउनका लागि बिहिबार गिद्देनी पोस्ट सम्मकाम गरिएको जानकारी दिनु भयो ।

यस अघि नारायणी नदिको पानी नदिजन्य पदार्थको उत्खन्नका कारण चितवन तर्फको दक्षिणी भंगालोमा मात्रै बग्दा निकुञ्जको सुरक्षा र जैविक विविधतामा गम्भीर असर पर्ने भन्दै गत माघ ३ गते र आज बिहिबार राससको  समाचार नवलपुर टाईम्समा प्रकाशित भएको थियो ।

चितवनको सेती देवि सामुदायिक वनको आसपास नदि जन्य पदार्थको उत्खनन् गरिदा नारायणी नदिको पानी ९५ प्रतिशत बढी दक्षिणी भंगालोमा बग्न सुरु गरे पछि नवलपुर तर्फको उत्तरी भंगालो सुख्खा भएको थियो । नवलपुर क्षेत्र सुख्खा भए सँगै निकुञ्ज तथा जैविक विविधता संरक्षण, नदि आश्रित समुदाय र धार्मिक कार्यहरु गर्न समस्या आएको भन्दै तत्काल नदिको पानीलाई पुर्ववर्ती रुपमा उत्तरी भंगालोमा फर्काउनु पर्ने भन्दै संरक्षण कर्मी, स्थानियवासी र जनप्रतिनिधिले आवाज उठाउदै आएका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology