कावासोती । नवलपुरका निर्माण व्यवसायीले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छ्न । स्थानीय, प्रदेश र केन्द्र सरकारले निर्माण व्यवसायीको रकम भुक्तानी नगरेको, उपभोक्ता समितिको नाममा साना व्यवसायीहरुलाई कामविहीन बनाएको र मूल्य समायोजना नगरेको भन्दै व्यवसायी आन्दोलित भएका हुन् ।
चरणबद्ध आन्दोलनमा उत्रिएका व्यवसायीले आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमुशंकर देवकोटाले बताए ।
कोरोना कहर, आर्थिक मन्दीको समयमा निर्माण व्यवसायी धरासायी हुँदै जाँदासमेत सरकारले ध्यान नदिएको व्यवसायीको गुनासो छ ।
विकास निर्माणका कामको मूल्य समायोजन नगर्ने तथा अनेक बहाना बनाएर सम्पन्न भएको कामको भुक्तानी रोक्ने र समय थप गर्न आनाकानी गरेकाले चरणबद्ध आन्दोलनमा उत्रिएको संघले जनाएको छ ।
प्रकाशित : २०८० साउन १४ गते १३:४५
Facebook Comment