नवलपुर जिल्ला अदालतमा पल शाहको मुद्दाको पेशी स्थगित

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ ८ गते १७:२९
नवलपुर जिल्ला अदालतमा पल शाहको मुद्दाको पेशी स्थगित
pal shah

नवलपुर । अभिनेता पल शाहको मुद्दा प्रतिवादीको तर्फबाट पेशी स्थगित भएको छ । नवलपुर जिल्ला अदालतमा विचाराधीन मुद्दा बुधबार प्रतिवादीको तर्फबाट पेशी स्थगित भएको हो ।

बुधबार शाहको मुद्दा नवलपुर जिल्ला अदालतका एक नम्बर न्यायाधीश उमेश प्रसाद लुइँटेलको इजलासमा परेको थियो । बुधबार फैसलाको अपेक्षा गरिएको भएपनि प्रतिवादी पूर्ण विक्रम शाह (पल शाह)को तर्फबाट स्थगित गराइएको नवलपुर जिल्ला अदालतले जनाएको छ ।

नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लाल बहादुर क्षेत्रीका अनुसार बुधबारको पेसी प्रतिवादीका तर्फबाट स्थगित गराइएको छ । अब अर्को पेसीमा सुनुवाइ हुने पनि सूचना अधिकारी क्षेत्रीले नवलपुर टाईम्सलाई बताए ।

प्रकाशित : २०७९ भदौ ८ गते १७:२९
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI