कावासोती । नवलपुर जिल्ला अदालतले आर्थिक वर्ष ०७९/८० मा जम्मा ८२.३७ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । अदालतले एक वर्षको अवधिमा ८२.३७ प्रतिशत मुद्दा फर्छ्यौट भएको जानकारी गराएको हो ।
जिल्ला अदालत नवलपुरका सूचना अधिकारी एवं तहसिलदार गोकर्णप्रसाद अर्यालले एक वर्षको अवधिमा १ हजार ९ सय ४ वटा मुद्दा फर्छ्यौट भएको जानकारी दिए ।
उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९को १ हजार १ सय ३५ र गत आव ७९/८०मा दर्ता भएका १ हजार १ सय ७६ मुद्दा गरेर जम्मा २ हजार ३ सय १४ वटा मुद्दा मध्य १ हजार ९ सय ४ वटा मुद्दा फर्छ्यौट भएको हो ।
यसै गरि बाल ईजलासमा दर्ता भएका ३१ वटा मुद्दा मध्य २९ वटा फर्छ्यौट भएका र २ वटा चालू अवस्थामा रहेका अर्यालले जानकारी दिए ।
प्रकाशित : २०८० साउन ५ गते १५:५२
Facebook Comment