नवलपुर गोली काण्ड-अपडेट

NAWALPUR TIMES

नवलपुर गोली काण्ड-अपडेट
158367915389546554 2552014221788215 3157

प्रकाश भण्डारी। फागुन २५

गएराती नवलपुरको कोल्हुवामा प्रहरीको गोली लागि गम्भीर घाईते भएका अन्दाजी ३४ बर्षीय (जगु) जोग नारायण थारुको आईतवार वेलुका मात्रै आन्द्राको अपरेशन सफल भएको छ। निजको स्वास्थ्यमा केही मात्रामा सुधार देखिएको अस्पताल स्रोतले जनाएको छ।

तथापी प्रहरीद्धारा प्रेषित इमेलमा पठाएको सूचना जस्तो घाईतेको अवस्थामा सुधारनै भएको र सामान्य रहेको भन्न सक्ने अवस्था भने देखिँदैन।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरिक्षक दीपक रेग्मीले गएराती कोल्हुवा प्रहरी चौकीका सई गंगाराम चौधरीको नेतृत्वमा गस्तीमा रहेको टोलीमाथि ढुंगामुढा गरेपछि प्रहरीले आत्मरक्षाको लागि गोली प्रहार गरेकोे भनि दावी गर्नुभएको थियो। दावी गरिए बमोजिम ढुंगामुढानै प्रहार गरी गोली चलाउनु पर्ने अवस्थाको घटना थियो थिएन भन्ने बारेमा छानवीन समितिले पक्कै छिट्टै जानकारी भने गराउने नै छ।

तर सोही घटनामा संलग्न रहेको भन्दै आईतबार मात्रै पक्राउ परेका स्थानीय सुरज महतो र मुन्ना महतोलाई भने प्रहरीले छाडिसकेको अवस्था छ। 

वडाध्यक्ष नारायण पौडेलका अनुसार आजै वडा कार्यलयमा आफु लगायत गण्डकी प्रदेशका माननीय सभासद, पिडित पक्ष, स्थानिय जन प्रतिनिधी, जिल्ला प्रहरी कार्यालय, नवलपरासी पुर्वका कार्यालय प्रहरी प्रमुख, थारु कल्याणकारीणी सभा नवलपुरका गणेशमान महतो सहित केही स्थानीय व्यक्ती सहितको बैठकले घटनाको सत्यतथ्य छानबिनका लागी वडाध्यक्ष पौडेलको संयोजकत्वमा १९ सदस्यीय छानबिन समिति गठन गरेको छ। 

घाईतेको उपचारमा राज्यले सघाउने र अन्य बिषयमा जिल्ला प्रशासनसँग समन्वय हुने नवलपुरका प्रहरी प्रमुख दीपक रेग्मीले बताए।

पूर्व प्रकाशित समाचार लिङ्क- नवलपुरमा गोली चल्यो, एकजना गम्भीर घाईते

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology