कावासोती । पछिल्लो २४ घण्टामा नवलपुरमा ८१ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छ्न ।
स्वास्थ्य कार्यालय नवलपुरका अनुसार गैडाकोटका २९ जना , कावासोतीका ३८ जना, मध्यविन्दुका ५ जना , विनयी त्रिवेणिका ७ जना, हुप्सेकोटका १ जना र जिल्ला बाहिरका १ गरि ८१ जना संक्रमण मुक्त भएका स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
त्यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा जिल्लामा १२० जना संक्रमित थपिएका छ्न । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार जिल्लाको गैंडाकोटमा २४ जना , देवचुलीमा १३ जना , कावासोतीमा ५९ जना , मध्यविन्दुमा ११ जना, विनयीत्रिबेणीमा ४ जना , हुप्सेकोटमा ७ र अन्य २ जना गरि १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ११२३पुगेको छ भने पछिल्लो २४ घन्टामा २ जनाले ज्यान गुमाएका छ्न ।
प्रकाशित : २०७८ जेठ १ गते १७:२५
Facebook Comment