नवलपुरमा ८८ हजार बालबालिकाले लगाए टाईफाईड विरुद्धको खोप

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख ४ गते ११:०२
नवलपुरमा ८८ हजार बालबालिकाले लगाए टाईफाईड विरुद्धको खोप
IMG 20220417 105916

नवलपुर । नवलपुरमा ८८ हजार बढी बालबालिकाले टाइफाइट विरुद्धको खोप लगाएका छन् ।

नवलपुरमा चैत्र २४ गतेदेखि टाइफाइट विरुद्धको खोप लगाउन शुरु गरिएको थियो । स्वास्थ्य कार्यालय नवलुरका अनुसार ८५ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहे पनि लक्ष्य भन्दा बढी ८८ हजार १ सय ३२ जनाले टाइफाइट विरुद्धको खोप लगाएका हुन् ।

गैडाकोटमा १९ हजार २१ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा १७ हजार ५ सय ५ जनाले खोप लगाएका छन् । त्यसैगरी देवचुलीमा १३४६० जनालाई खोप लगाउने लक्ष्य रहेकोमा १६ हजार १८ जना, कावासोतीमा १५२४८ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा २२६३२ जनाले खोप लगाएका छन् ।

टाइफाइट विरुद्धको खोप नेपालमा पहिलो पटक लगाइएको हो । यो खोप १५ महिनादेखि १५ बर्षसम्मका बालबालिकाहरुलाई लगाइएको छ ।

त्यसैगरी मध्यविन्दुमा १२३३० लाई लगाउने लक्ष्य रहेकोमा १२०३९ जना, हुप्सेकोटमा ६५२४ जनामा ६७८३ जना, विनयी त्रिवेणीमा ८८२४ जनामा ९९९७ जनालाई र बुलिङ्गटार गाउँपालिकामा २७८० जनामा २४७३ जनालाई खोप लगाइएको छ ।

बौदीकालिमा भने खोप अभियान जारी रहेको छ । यहाँ २५७६ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा अहिलेसम्म ६८५ जनालाई खोप लगाइएको छ ।

प्रकाशित : २०७९ वैशाख ४ गते ११:०२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI