नवलपुर । नवलपुरका ३० हजार ९ सय ८९ बालबालिकालाई बैशाख ६ र ७ गते भिटामिन ए र जुकाको औषधि खुवाईने भएको छ । ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो।
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईका अनुसार जिल्लामा ६ देखि ५९ महिनासम्मका बालबालिकाको जनसंख्या ३० हजार ९ सय ८९ रहेको छ ।
यी सबै बालबालिकालाई भिटामिन ए खुवाईदै छ । उहाँका अनुसार एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि पनि साथै खुवाईने छ । यो उमेर समूहमा २७ हजार ३९ जनसंख्या रहेको छ ।३६२ जना महिला स्वास्थ्य स्वयंसेविका मार्फत् औषधि खुवाउने अभियान सञ्चालन हुने चापागाईले जानकारी दिनुभयो । प्रत्येक वडामा तोकिएको बुथमा गएर औषधि खुवाउन सकिने उहाँले बताउनुभयो ।
प्रकाशित : २०७९ वैशाख ४ गते १०:५५
Facebook Comment