नवलपुरमा २९ जना डेंगुका बिरामी

NAWALPUR TIMES

नवलपुरमा २९ जना डेंगुका बिरामी
20230811 124631 scaled

कावासोती । नवलपुरमा डेंगुका बिरामीको संख्या २९ पुगेको छ ।

शुक्रबार स्वास्थ्य कार्यालय नवलपुरले सन्चारकर्मीहरुका लागि डेंगु तथा आँखाको भाईरल कन्जक्टिभाईटिस रोग सम्बन्धि अभिमुखीकरण कार्यक्रममा जिल्लामा साउन महिनाको २५ गते सम्म डेंगुबाट संक्रमित हुनेको संख्या १२ जना महिला र १७ जना पुरुष गरेर २९ पुगेको जानकारी गराईएको हो ।

जिल्लामा सबै भन्दा धेरै डेंगुका बिरामी मध्यविन्दु नगरपालिकामा फेला परेका छ्न । मध्यविन्दुमा ५ जना महिला र ८ जना पुरुष गरेर १३ जना डेंगुका बिरामी रहेका कार्यक्रममा जानकारी गराईएको थियो । त्यसै गरि कावासोतीमा ३ महिला र ४ पुरुष सहित ७ जना, देवचुलीमा ३ महिला र २ पुरुष सहित ५ जना, गैंडाकोटमा १ महिला र २ पुरुष सहित ३ जना र विनयी त्रिवेणीमा १ महिला र १ पुरुष गरेर २ जना डेंगुका बिरामी फेला परेका हुन ।

स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष ७९/८० मा नवलपुरमा १ सय ५९ महिला र २ सय १५ पुरुष गरेर कुल ३ सय ७४ जना डेंगुका बिरामी फेला परेका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology