नवलपुरमा १ हजार ३० म्यादी प्रहरी भर्ना गरिने, जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिने

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत ५ गते ८:२४
नवलपुरमा  १ हजार ३० म्यादी प्रहरी भर्ना गरिने, जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिने
madi police 1

नवलपुर । नवलपुरमा म्यादी प्रहरीका लागि भर्ना खुलेको छ । स्थानीय तहको निर्वाचन–२०७९ लाई लक्षित गर्दै नवलपुरमा म्यादी प्रहरीको भर्ना प्रकृया थालिएको हो । जिल्ला प्रहरी कार्यालय नवलरासी(पूर्व)ले वैशाख ३० गते हुने स्थानीय तहका निर्वाचनका लागि आवश्यक पर्ने म्यादी प्रहरीका लागि दरखास्त दिन आब्हान गरेको छ ।

सरकारले देशभरबाट म्यादी प्रहरीको भर्ना माग गरेको र नवलपुरमा मात्रै एक हजार ३० जनाको लागि आवेदन खुल्ला गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता डिएसपी दिलिप कुमार गिरीले जानकारी दिए । उनका अनुसार चैत ६ गतेदेखि ११ गतेसम्म जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर दरखास्त दिन सकिनेछ ।

म्यादी प्रहरीका लागि १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेका नेपाली नागरीकले दर्खास्त बुझाउन सक्ने गिरीले बताए । नेपाल सरकारले छनेट गर्ने छनेट प्रक्रियामा विशेष गरी पूर्व नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेनालाई प्रथमिकता दिइने उनको भनाई छ ।

भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन । ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरिले खाद्यान्नवापत ७ हजार २००,पोशाक र अन्य खर्च गर्ने गरि ६ हजार, यातायात खर्चवापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

 

प्रकाशित : २०७८ चैत ५ गते ८:२४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI