नवलपुरमा १८ हजार मतदाता थपिए

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष २१ गते ११:४३
नवलपुरमा १८ हजार  मतदाता थपिए
namawli

सन्जय भट्टराई/नवलपुर ।
नवलपुरमा १८ हजार १ सय २६ जना नयाँ मतदाता थपिएका छन । जिल्ला निर्वाचन कार्यलयले गत मंसिर १७ देखि पौष १९ गते सम्म जिल्लाको सात वटा स्थानीय तहमा टोली खटाएर दुई चरणमा मतदाता नामावली संकलन गरेको हो ।

 

जिल्ला निर्वाचन अधिकारी लालप्रसाद भुसालका अनुसार जिल्लाको देवचुली नगरपालीकामा १ हजार ६ सय ७७, गैडाकोटमा २ हजार ९सय २३, मध्यविन्दुमा २ हजार ८ सय २२, हुप्सेकोट गाउँपालीकामा १ हजार १ सय ४०, विनयी त्रिवेणी गाउँपालीकामा १ हजार ६ सय ६२, बुलिगंटार गाउँपालीकामा ४ सय ४२ र बौदीकाली गाउँपालीकामा ६सय ५९ जना मतदाता थपिएका हुन । यसै गरि नामावली संकलनको क्रममा ७६ जना मतदाताले त्रुटि सच्चयाएका र ५ सय ५८ जनाले ठाँउ सारी गरेका छन ।

२०७८ साउन देखि मंसिर सम्म जिल्ला प्रसासन कार्यालयमा ४ हजार २ सय ६८ र जिल्ला निर्वाचन कार्यालयमा २ हजार ५ सय ३३ जनाले नाम दर्ता गराएका भुसालले बताए । भुसालका अनुसार २०७७ पौष मसान्त सम्म जिल्लामा कुल मतदाता २ लाख ३७ हजार १ सय ५६ रहेकोमा थपिएका १८ हजार १ सय २६ सहित मतदाताको कुल संख्या २ लाख ५५ हजार २ सय ८२ पुगेको हो ।

मतदाता नामावली ऐन २०७३ अनुसार मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने विधि र प्रक्रिया अनुसार नामावली संकलन गरिएको निर्वाचन अधिकारी भुसालले जानकारी दिए ।

कावासोती गरपालिका जिल्ला सदरमुकाम भएकाले जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाटै नामावली संकलन गरिएको थियो ।

प्रकाशित : २०७८ पुष २१ गते ११:४३
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI