नवलपुरमा यसरी मनाईयो ६८औं प्रहरी दिवस (फोटो फिचर)

NAWALPUR TIMES

नवलपुरमा यसरी मनाईयो ६८औं प्रहरी दिवस (फोटो फिचर)
1697536064309

कावासोती । “६८ औं प्रहरी दिवस २०८०” अवसरमा जिल्ला प्रहरी कार्यालय नवलपुरमा विशेष समारोहको आयोजना गरी मनाईएको छ ।

नवलपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरहरी रेग्मीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमूख, पुर्व प्रहरी कर्मचारीहरु, अमर प्रहरी परिवार, पत्रकार तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि लगायत उपस्थित सम्पुर्णबाट अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुका साथै प्रमुख अतिथिबाट६८ औं प्रहरी दिवस २०८० को पूर्वसन्ध्यामा आयोजना गरिएका डबल ब्याडमिन्टन प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने प्रहरी कर्मचारीहरुलाई मेडल तथा प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology