नवलपुरमा बाघ आतंक : गाईबस्तु चराउन गएका ६० वर्षीय कुमाल बाघले आक्रमण गर्दा गम्भीर घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष २४ गते १९:२४
नवलपुरमा बाघ आतंक : गाईबस्तु चराउन गएका ६० वर्षीय कुमाल बाघले आक्रमण गर्दा गम्भीर घाइते
tiger2019 05 29

नवलपुर । नवलपुरको मध्यविन्दुमा बाघले आक्रमण गर्दा एक जना गम्भीर घाईते भएका छ्न ।

शनिबार दिउँसो भुलपानी चौरमा गाईबस्तु चराउन गएको बेला मध्यविन्दु-१५ ढोकाडीका ६० वर्षीय टेकबहादुर कुमाललाई बाघले आक्रमण गरेर गम्भीर बनाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता सागर पन्तले बताए ।

पन्तका अनुसार बाघले आक्रमण गरेर घाईते भएका कुमाललाई स्थानीयले उद्धार गरि उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल ल्याएका थिए । बाघको आक्रमणले टाउकोमा गम्भीर चोट लागेका कुमाललाई थप उपचारको लागी भरतपुर सरकारी अस्पताल पठाईएको प्रहरीले बताएको छ ।

पछिल्लो समय मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका आसपास बाघको आतंक बढेको छ्न भने बाघले आक्रमण गर्दा २ जनाको ज्यान गै सकेको छ भने स्थानीयमा त्रासको अवस्था सिर्जना भएको छ ।

 

प्रकाशित : २०७८ पुष २४ गते १९:२४
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI