सन्जय भट्टराई/कावासोती
घटना १ : २०७८ मंसिर १२ विनयी त्रिवेणी गाउँपालिका वडा नं १ का ६२ वर्षिय वन हेरालु जितबहादुर बि.कको बिहान ८ बजे बाघले आक्रमण गर्दा मृत्यु
घटना २ :२०७८ पौष १६ सालको पात टिप्न गएकी मध्यविन्दु १२ की बारिसा सारुको बाघले आक्रमण गर्दा मृत्यु
घटना ३ : २०७८ पौष २४ गते गाईबस्तु चराउन गएका ६० वर्षीय टेकबहादुर कुमाल बाघको आक्रमणमा परेर गभ्मिर घाईते
गत मंसिर १२ गते यता नवलपुरको मध्यविन्दु नगरपालीका र विनयी त्रिवेणी गाउँपालिका आसपास बाघको आक्रमणमा परेर २ जनाको मृत्यु भएको छ भने १ जना गम्भिर घाईते भएका छन । सामुदायीक वनका हेरालु, सालको पात टिप्न जाने महिला, गाईवस्तु चराउन गएका वृद्घ बाघको आक्रमणमा परेका समाचारह आईरहदा स्थानीय प्रसासनले चासो दिएको भने खासै देखिएको छैन भने नरभक्षि बाघ नियन्त्रण गर्न जनप्रतिनिधीहरु प्रसासनको मुख ताकेर बसेको अवस्थामा पुर्व पश्चिम राजमार्ग भएर दुई पांग्रे साधनमा यात्रा गर्ने यात्रु, सामुदायीक वनका वन हेरालु, सालको पात टिपेर गुजारा गर्ने तथा नजिकैको वनमा गाईबस्तु चराउन जाने आम सर्वसाधरणमा भने त्रासको अवस्था सृजना भएको छ ।
लगातार रुपमा बाघको आक्रमण बढि रहदाँ बाघ ३ पटक नै आक्रमण गर्ने बाघ एउटै हो या फरक फरक हो भन्ने निश्कर्षमा पुग्न नसकिएको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मोहनराज काफ्लेले बताए । पहिलो पटक मंसिर १२ गते आक्रमण स्थानमा राखिएको क्यामेरामा बाघको गतिविधी नदेखिएको र दोसा्रे पटक पुस १६ गते आक्रमण गरेको स्थानमा राखिएको क्यामरा एउटा बाघ रेर्कड भएको काफ्लेले बताए । चितवन राष्ट्रिय निकुन्जको प्राविधीक टोलीको सहयोगमा आक्रमण गर्ने बाघको बारेमा अध्ययन सुरु गरिएको भए पनि बाघ एउटै हो या फरक फरक हो भन्ने निश्कर्षमा भने पुग्न बाकी रहेको काफ्लेको भनाई थियो ।
आईतबार डिभिजन वन कार्यालयमा बसेको जिल्ला वन्यजन्तु अपराध नियन्त्रण ईकाईको बैठक बसेर बाघ एउटै हो या फरक फरक हो निर्कयोल नभएकाले तत्काल बाघ एउटै हो या फरक फरक हो पत्ता लगाएर नियन्त्रणका लागी आवश्यक कदम चाल्ने निर्णय गरिएको नवलपुरका सहायक जिल्ला अधिकारी मोहनबहादुर थापाले बताए । बाघको विषयमा तत्काल अध्ययन गरेर जनताको जीउधन सुरक्षा गर्न आवश्यक कदम चाल्ने विषयमा जिल्ला प्रसासनको तर्फबाट निर्देशन थरिएको थापा बताउछन ।
बाघ नरभक्षी हो या होईन त्यसको अध्ययन भईरहेको र नरभक्षी साबित भए त्यो अझै खतरा हुने चितवन राष्ट्रिय निकुन्जका सहायक संरक्षण अधिकृत राजु घिमिरेले बताए । घिमिरेका अनुसार यति बेला बाघ गणनाको काम चलेकाले पनि आवश्यक संख्यामा प्राविधीक र स्रोत साधनको बाघ गणनामा प्रयोग उतै भएकाले बाघको अवस्था पत्ता लगाउन र नियन्त्रणको काममा ढिलाई भएको हो । “बाके राष्ट्रिय निकुन्जमा पनि बाघले मान्छे मारेको छ, बाघ नियन्त्रण गर्ने टोली राष्ट्रिय प्रकृति संरक्षण कोष सँग एउटा मात्रै छ, टोली कता पठाउने एकिन भएको छैन”, घिमिरेले भने ।
बाघको आतंक बढे पछि पटक पटक आफुहरुले जिल्ला वन र निकुज्ञञ्जको ध्यानाकर्षण गराएको भए पनि वास्ता नगरेको मध्यविन्दु नगरपालीकाका नगरप्रमुख चन्द्रबहादुर रानाले बताए । “हामीले पटक पटक ताकेता गरेका छौ, हाम्रो कुरा जिल्ला वन र निकुञ्जले सुन्दैन”, रानाले भने । बाघ नियन्त्रण गर्ने टोली तत्काल ल्याउन आफुले वन विभाग र निकुञ्ज सँग समन्वय गरिरहेको रानाले बताए ।
बाघले निकुञ्जभन्दा बाहिरको मध्यवर्ती क्षेत्रको जंगलमा आक्रमण गरेको हो । बाघको आक्रमणबाट दुई जनाको ज्यान गइसकेको र अर्का एक जना गम्भीर घाइते भएपछि स्थानीय बासिन्दा जंगल जान छोडेका छन् ।
चौपाया चराउन जंगल जानेहरूले ठाउँ ठाउँमा बाघ देखेको खबर गरेपछि स्थानीय त्रसित छन् । विनयी त्रिवेणी गाउँपालिकाले पनि चितवन राष्ट्रिय निकुञ्ज र जिल्ला वन कार्यालयलाई पत्र पठाएर बाघ नियन्त्रणमा लिन आग्रह गरेको तीन साता बितिसक्दा पनि निकुञ्जले बाघ नियन्त्रणमा लिने प्राविधिक टोली पठाउन सकेको छैन
प्रकाशित : २०७८ पुष २६ गते ११:५२
Facebook Comment