नवलपुरमा पनि मनाईयो नेविसंघको ५२औं स्थापना दिवस : बाह्रौं जिल्ला अधिवेशन जेठ ११ गते

NAWALPUR TIMES

नवलपुरमा पनि मनाईयो नेविसंघको ५२औं स्थापना दिवस : बाह्रौं जिल्ला अधिवेशन जेठ ११ गते
FB IMG 16188519484814400

कावासोती । वि.स २०२७ वैशाख ६ गते स्थापना भएको नेपाली काङ्ग्रेसको भातृ संघ नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवस देशै भर विविध कार्यक्रम गरि मनाईएको छ ।
यसै बिच नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसको अवसर पारेर नवलपुरमा अन्तरक्रिया तथा भित्ते पात्रो विमोचन कार्यक्रम सोमबार कावासोतीमा सम्पन्न भएको छ ।

नेविसंघ नवलपुरका सभापति राजेश पौडेलको अध्यक्षता एवं नेपाली काङ्ग्रेस नवलपुरका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य विष्णुप्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा आयोजित अन्तरक्रिया कार्यक्रममा नयाँ वर्ष २०७८ को भित्ते पात्रो पनि विमोचन गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलकी सचेतक ओमकला गौतम , नेपाली काङ्ग्रेसका जिल्ला सचीव बालकृष्ण घिमिरे , नेविसंघ पुर्व केन्द्रिय सदस्यहरु गणेश सापकोटा , गोकुल सापकोटा , आरसी भट्टराई ,एलिजा ढकालले नेविसंघको ईतिहास, वर्तमान अवस्था र आगामी चुनौतीका विषयमा आफ्ना बिचारहरु राखेका थिए ।

बाह्रौं जिल्ला अधिवेशन जेठ ११ गते कावासोतीमा

यसै बिच नेपाल विद्यार्थी संघ नवलपुरको १२ औं जिल्ला अधिवेशन जेठ ११ गते हुने भएको छ । सोमबार कावासोतीमा बसेको नेविसंघ जिल्ला कार्यसमितिको बैठकले जेठ ११ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको जिल्ला सभापति राजेश पौडेलले जानकारी दिएका छ्न ।

वैशाख २० भित्र जिल्लामा रहेका मावि, वैशाख २५ सम्म सम्पूर्ण पालिका , वैशाख ३१ मा क्याम्पस ईकाई तथा जेठ ११ गते जिल्ला अधिवेशन सम्पन्न गर्ने गरि कार्यतालिका बनाईएको पौडेलले बताए ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology