नवलपुरमा नागरिक स्तरबाट मनाईयो पृथ्वी जयन्ती

NAWALPUR TIMES
प्रकाशित : २०८१ पुष २७ गते २०:३८
नवलपुरमा नागरिक स्तरबाट मनाईयो पृथ्वी जयन्ती
Messenger creation A56CFD75 E2B8 4DEF 9E00 CDBAC15814F0

 

नवलपुर : नागरिक स्तरबाट नवलपुरमा ३ सय ३ औं पृथ्वी जयन्ती मनाईएको छ । सदरमुकाम कावासोतीमा शनिबार एक कार्यक्रमको आयोजना गरि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईएको कार्यक्रमको संयोजन गरेका कावासोतीका अमृत श्रेष्ठले बताए ।

उनले भने,’ पृथ्वी जयन्ती सबैको साझा हो ,राष्ट्रनिर्मातालाई सबैले सम्झनु पर्छ भनेर यो कार्यक्रम गरेका हौं ।’ उनले नागरिक स्तरबाट सबैले साझा रुपमा पृथ्वी जयन्ती मनाउँदा नवलपुरबाट राष्ट्रिय एकताको सन्देश समेत गएको बताए । सचेत नागरिक समाज नवलपुरको नाम बाट आयोजित सो कार्यक्रमको उद्घाटन जेष्ठ नागरिक निलकन्ठ बस्ताकोटीले गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी नवलपुरका निबर्तमान अध्यक्ष ऋषी कण्डेलले पछिल्लो समय पृथ्वी नारायण शाहको योगदान भुल्दै गएको भन्दै नवलपुरमा आफुहरुले साझा रुपमा पृथ्वी जयन्ती मनाएको बताए । उनले भने,’ पछिल्लो समय नयाँ पुस्ताले पृथ्वीनारायण शाहको योगदान भुल्दै गए , त्यसलाई जोगाउन पनि यस्ता साझा कार्यक्रम को आबश्यक छ । त्यही ठानेर हामिले साझा रुपमा कार्यक्रम गरेका हौं ।’ उनले पृथ्वीनारायण शाह कुनै ब्यक्ती या पार्टीको मात्र नभई साझा ब्यक्ती भएको बताए ।

विश्व हिन्दुमहासंघ नवलपुरका अध्यक्ष मणि प्रसाद भुसालको अध्यक्षतामा भएको सो कार्यक्रममा ३ सय ३ वटा दिप समेत प्रज्वलन गरिएको थियो । कार्यक्रममा कावासोती वडा नम्बर १ का निबर्तमान वडा अध्यक्ष नारायण पन्त , कावासोती रेडक्रसका पुर्ब सभापती योगप्रसाद रिजाल लगायत समाजसेवी , विद्यार्थी , युवा लगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण विश्व हिन्दु युवा संघका केन्द्रीय सदस्य किरण भुर्तेलले गरेका थिए ।

प्रकाशित : २०८१ पुष २७ गते २०:३८
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI