नवलपुर । नवलपुरमा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार मंगलबार गरिएको एन्टिजेन तथा पिसिआर परिक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेहरुमा जिल्लाको कावासोती नगरपालिकामा ६ जना, मध्यविन्दुमा १ जना र विनयी त्रिवेणीमा १२ जना रहेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ४६ जना पुगेको छ । ४६ जना सक्रिय संक्रमित मध्य सबै भन्दा धेरै कावासोतीमा २३ जना रहेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रकाशित : २०७८ पुष २७ गते १६:३३
Facebook Comment