कावासोती । नवलपुरमा गत आ.व २०७९/८० मा ७५ वटा सवारी दुर्घटना भएको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नवलपुरका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले एक वर्षको अवधीमा ७५ वटा सवारी दुर्घटनाका घटनामा २९ जनाको मृत्यु भएको जानकारी दिएका हुन । त्यसै गरि ७५ वटा सवारी दुर्घटनामा १ सय ४ जना गम्भीर घाईते र ९९ जना सामान्य घाईते भएको उनले बताए ।
तुलनात्मक रुपमा अघिल्लो वर्षहरु भन्दा गत आ.वमा सवारी दुर्घटनाको घटनामा कमि आएको पत्रकार सम्मेलनमा तिवारीले जानकारी दिए । उनका अनुसार आव ७७/७८ मा १ सय २३ वटा दुर्घटना हुँदा ४६ जनाको मृत्यु भएको थियो भने ७७/७९ मा ९५ वटा दुर्घटनामा ५० जनाको मृत्यु भएको हो ।
प्रकाशित : २०८० साउन १ गते १६:२३
Facebook Comment