नवलपुरमा एक वर्षमा १ सय ९ जनाले गरे आत्महत्या

NAWALPUR TIMES
प्रकाशित : २०८० साउन १ गते १६:०६
नवलपुरमा एक वर्षमा १ सय ९ जनाले गरे आत्महत्या
1592113092

कावासोती । नवलपुरमा आत्महत्या गर्नेको तथ्य डरलाग्दो देखिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरको तथ्याङक अनुसार गत आर्थिक वर्ष ०७९/८० जिल्लामा १ सय ९जनाले आत्महत्या गरेका हुन ।

जिल्लामा गत आ.व ०७९/८० मा सबै भन्दा धेरै झुन्डिएर १ सय २ जना, विष खाएर ६ जना , पानीमा हाम फालेर १ जनाको ज्यान गएको सोमबार जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नवलपुरका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए ।

प्रहरीले उपलब्ध गराएको तथ्याङक अनुसार जिल्लामा आत्म हत्या गम्भीर समस्याको रुपमा देखा पर्न थालेको छ । प्रहरीका अनुसार आ.व २०७७/७८ मा ९९जना, आ.व ७८ /७९ मा १ सय २५ र आ.व ७९/८० मा १ सय ९ जनाले आत्महत्या गरेका हनु ।

जिल्लामा गत आ.व मा १६ वर्ष मुनिका ५ जना, १६ देखि २५ वर्ष सम्मका २२ जना, २६ देखि ३५ वर्ष सम्मका १४ जना , ३६ देखि ४५ वर्ष सम्मका २० जना, ४६ देखि ५५ वर्ष सम्मका २७ जना र ५५ वर्ष माथीका २१ जनाले आत्म हत्या गरेका हुन ।

आत्महत्या गर्नुको पछाडि पारिवारिक बेमेल, सम्बन्धको अन्त्य, गरिबी, मानसिक रुपमा निकै कम्जोर, मनोरोग, अत्याधिक मादक पदार्थ तथा लागू औषधको सेवन जस्ता कारणहरु रहेको अनुसन्धानले देखाएको प्रहरी प्रमुख तिवारीले बताए ।

प्रकाशित : २०८० साउन १ गते १६:०६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI