नवलपुरबाट कक्षा १२ को परीक्षामा ५ हजार ५ सय ४२ विद्यार्थी सहभागी हुदैं

NAWALPUR TIMES

नवलपुरबाट कक्षा १२ को परीक्षामा ५ हजार ५ सय ४२ विद्यार्थी सहभागी हुदैं
exam 5424 5

कावासोती । यहि साउन ३१ गते देखि सन्चालन हुने कक्षा १२ को परीक्षामा नवलपुरबाट ५ हजार ५ सय ४२ विद्यार्थी सहभागी हुदैछन ।

शिक्षा विकास तथा समन्वय ईकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलका अनुसार जिल्लामा कक्षा १२ सन्चालन भएका ६२ वटा विद्यालयका ५ हजार ५ सय ४२ विद्यार्थीले कक्षा १२ को वार्षिक परीक्षामा सहभागीता जनाउन लागेका हुन ।राष्ट्रिय परीक्षा बोर्डले तय गरेको मापदण्ड अनुसार एक बेन्च एक विद्यार्थी, एउटा कक्षामा २५  विद्यार्थी  रहने गरि परीक्षा सन्चालनको तयारी गरिएको  पोख्रेलले बताए ।

जिल्लामा कक्षा १२ सन्चालन भएका जम्मा ६२ वटा विद्यालय रहेका  र विद्यार्थी आफनै विद्यालयबाट परीक्षामा सहभागी हुने पोख्रेलले बताए । कोभिड–१९ संक्रमणको जोखिम उच्च रहेको अवस्थामा स्वास्थ्य मापदण्डको पुर्णरुपमा पालना गरि परीक्षा सन्चालन गर्ने तयारी गरिएको पोख्रेलले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology