नवलपुरको सर्दीमा बम फेला

NAWALPUR TIMES
प्रकाशित : २०७९ चैत १२ गते २१:०६
नवलपुरको सर्दीमा बम फेला
received 2217229978477480

नारायण शर्मा/नवलपुर । नवलपुरको सर्दीमा बेवारिसे अवस्थामा बम फेला परेको छ । आइतबार दिउँसो बारीमा बम देखेपछि स्थानीयहरू त्रसित छन् ।

बारीमा मुला र गाजर सुकाए जस्तै गरी थुप्रै बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए ।

सर्दीका स्थानीय बासिन्दा रुकेश सरामुका अनुसार आफ्ना बाबुनानीले जंगल नजिकै बारीम ती बमका गोला देखेका हुन् ।

बिनयी त्रिवेणी गाउँपालिकाको वडा ५ धुर्कोट भेडीगाउँको बारीमा बम फेला परेको हो । जंगलमा चौपाया चराउन गएका किसानहरूले देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा ९ वटा बम देखिएको थियो ।

भारतीय सेनाका पूर्वसैनिक समेत रहेका सरामुका अनुसार ती ८१ एमएम मोटरको बम (गोला) हुन् । साथै ५२ सय मिटर रेन्जका ती बम जमिनमा विस्फोट हुँदा १ सय ८० मिटर वरपरको क्षेत्र ध्वस्त पार्ने सरामुले दाबी गरे ।

जिल्ला प्रहरीका निमित्त प्रमुख सन्तोष पाठकले भर्खरै यसबारे जानकारी पाएकाले दुम्कीवासका प्रहरी निरीक्षकको टोली पठाउने बताएका छन् । ती बम कसले र कहिले राखेको भन्नेबारे यकिन भएको छैन ।

 

प्रकाशित : २०७९ चैत १२ गते २१:०६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI