नवलपुरको विकासमा पुर्ण सहयोग रहन्छ : प्रचण्ड

NAWALPUR TIMES

नवलपुरको विकासमा पुर्ण सहयोग रहन्छ : प्रचण्ड
FB IMG 15798762618684528

भीमसेन मा.बिको स्वर्ण महोत्सव सम्पन्न

होमनाथ पौडेल/देवचुली

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाले नवलपुरको विकासमा आफ्नो पुर्ण सहयोग रहने बताउनु भएको छ । नवलपुरको देवचुलीमा रहेको भीमसेन आदर्श नमूना मा.बिको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै यस्तो कुरा बताउनु भएको हो । कृषि, पर्यटन , उद्योगको प्रचुर सम्भावना रहेको नवलपुरमा हुलाकी राजमार्ग , नारायणीमा जलयात्राको सन्चालनको लागि आफू लागि परेको बताउदै नवलपुरको विकासमा आफ्नो पुर्ण सहयोग रहने बताउनु भएको हो । आफ्नो युवा अवस्थामा नवलपुरमा भुमिगत जीवन बिताएको स्मरण गर्दै प्रचण्डले गणतन्त्र स्थापनाको लागि नवलपुरको भुमिकाको प्रशंसा गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रचण्डले देशकै नमूना विद्यालयको रुपमा यस विद्यालयलाई केन्द्र तथा प्रदेश सरकारबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउने बताउदै शैक्षिक क्षेत्रमा अब्बल रहेको भीमसेन आदर्श माविको उत्तरोत्तर प्रगतिको शुभकामना दिनुभएको थियो। प्रमुख अतिथी प्रचण्डले भीमसेन स्मारिका विमोचन, स्वर्ण स्तम्भ अनावरण, स्वर्ण वाटिका शिलान्यास तथा ८ कोठे भवन उद्घाटन समेत गर्नुभएको थियो।

नवलपुरको विकासमा पुर्ण सहयोग रहन्छ : प्रचण्ड 4

यसै गरि कार्यक्रममा विद्यालयका पुर्व प्रधानाध्यापक रामप्रसाद मरासिनी , स्वर्ण स्तम्भदाता देवचुली-११ निवासी दुर्गाप्रसाद न्यौपानेकी छोरी सरस्वती न्यौपाने अर्याल र नातिनी आश्मा अर्याल, एस.एल.सी. परीक्षामा सामुदायिक विद्यालय तर्फ नेपाल प्रथम छात्र आकाश न्यौपाने एवं उनका अभिभावक बुवा लिलाबल्ल्भ न्यौपाने र आमा धर्मा न्यौपाने त्यसैगरी एस.इ. ई. परीक्षामा सामुदायिक विद्यालयतर्फ नेपालमै उत्कृष्ट छात्रा सन्दिप्ती भट्ट एवं उनका अभिभावक हजुरबाबा ठाकुरप्रसाद चापागाईं, बुवा निरज भट्ट र आमा शान्ति चापागाईंलाई पनि सम्मान गरिएको

नवलपुरको विकासमा पुर्ण सहयोग रहन्छ : प्रचण्ड 5
नवलपुरको विकासमा पुर्ण सहयोग रहन्छ : प्रचण्ड 6

कार्यक्रममा पुर्व मन्त्री हितराज पाण्डे , प्रतिनिधि सभा सदस्य द्वय सत्यनारायण खनाल, तिलक महत, प्रदेश सभा सदस्य द्वय विष्णु लामिछाने, रोशन बहादुर गाहा देवचुली नगरपालिकाका प्रमुख पुर्णकुमार श्रेष्ठ लगाएतका महानुभावहरुको उपस्तिथि रहेको कार्यक्रमको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सत्यनारायण खनालको अध्यक्षतामा सम्पन्न भएको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology