नवलपुरको मध्यविन्दुमा थप १७ जनामा कोरोना संक्रमण

NAWALPUR TIMES

कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिकाका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मध्यविन्दु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पोख्रेलले जनाए अनुसार पोखरा बाट प्राप्त रिपोर्टमा वडा नं २ मा १ जना पुरुष , वडा नं ४ मा १ जना पुरुष , वडा नं ७ मा १ जना महिला, वडा नं ८ मा ५ जना महिला र २ जना पुरुष , वडा नं ९ का ४ जना पुरुष , वडा नं १० का २ जना महिला र वडा नं १२ का १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमित वडा नं २, ९ र १२ का ६ जना क्वारेन्टाइनका हुन भने अन्य समुदाय भएको जनाइएको   छ ।

यो सँगै जिल्लामा संक्रमितको संख्या ६९६ पुगेको छ । ५ जना संक्रमितको मृत्युु भएको जिल्लामा सक्रिय संक्रमित २ सय ९१ पुगेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology