नवलपुरको बौदीकाली गाउँपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि
NAWALPUR TIMES
Untitled 1
नवलपुरको बौदीकाली गाउँपालिकामा १२ जनामा कोरोना पुष्टि भएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार नवलपुरको बौदीकाली गाउँपालिकामा १२ संक्रमित पुष्टि भएको जानकारी गराएको हो। उनीहरू ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० बर्षका सम्पूर्ण पुरूषहरू रहेका छन्।
यो सहित नवलपुरमा कोरोना संक्रमितको संख्या ३४ पुगेको छ।
नवलपुरको बौदीकाली गाउँपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि 2
त्यस्तै म्याग्दी जिल्लाको बेनी नगरपालिकाका ४६ बर्षका पुरूष, बाग्लुङ निसिखोला गाउँपालिकाका २१ २६ र २७ बर्षका ३ पुरूष, बरेङ गाउँपालिकाका २४, २२, १८, १८, २३, २४, २७ र ४९ बर्षका पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो। यो सहित आज मात्रै गण्डकी प्रदेशका ४ जिल्लामा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मा परिक्षण गरिएको थियो।
गण्डकी प्रदेशमा हालसम्म १४४ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
Facebook Comment