नवलपुरको पहाडी गाउँ बालिघाटमा स्वास्थ्य शिविर

NAWALPUR TIMES

नवलपुरको पहाडी गाउँ बालिघाटमा स्वास्थ्य शिविर
received 572394885005215

जेठ १७

रोटरी क्लव कावासोतीद्वरा बौदीकाली गाउँपालिकाको सहकार्यमा गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १५ गते डेढ्गाउ स्थित बालिघाट स्वास्थ्य केन्द्रमा निशुल्क स्वास्थ शिविरको आयोजना गरिएको थियो।  प्रसुति तथा स्त्रीरोग, र जेष्ठ नागरिकहरुको लागि आँखा जाच गरिएको थियो। कार्यक्रम बालीघाट सामुदायिक स्वास्थ्य इकाईको भवनमा सम्पन्न भएको  थियो ।

स्वास्थ परिक्षण पश्चात् बिरामीहरुलाई आवस्यक पर्ने औषधी, चस्मा, मास्क निशुल्क बितरण गरिएको थियो। शिविर समापन पश्चात् बचेको औसधि मास्क चस्मा बालीघाट सामुदायिक स्वास्थ्य इकाईलाई हस्तान्तरण गरिएको थियो। शिविरमा जसमा १२० जना महिलाले स्त्रीरोग सम्बन्धि विशेषज्ञ सेवा र १३७ जना जेष्ठ नागरिकले आँखा जाँच   गरेका थिए

शिबिरमा प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा.राम प्रसाद सापकोटा, अन्य चिकित्सकहरु डा.गोपाल खनाल,डा.राम बहादुर के.सी. नेत्र सहायक प्रदिप भट्टराई लगायत स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा प्रदान गर्नु भएको थियो !

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology