नवलपुरको पहाडी क्षेत्र सडक सम्पर्कबाट विच्छेद

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज २० गते १८:१२
नवलपुरको पहाडी क्षेत्र सडक सम्पर्कबाट विच्छेद
pahiro photo kali gandaki

कावासोती : बुधबार देखि परेको अविरल वर्षाको कारण ठाउँमा ठाउँमा पहिरो खसे पछि नवलपुरको पहाडी क्षेत्रका बुलिङ्गटार र बौदिकाली गाउँपालिका सडक सम्पर्कबाट विच्छेद भएको छन ।

लगातार परेको पानीले पहाडी क्षेत्र जाने मुख्य सडकको दलदले-कुमसोत-पोखरी खण्डको पांग्रेमा बुधबार बिहान पहिरो खसे पछि दलदले हुदै पहाडी क्षेत्र का बुलिङ्गटार र बौदिकाली जाने यातायातका साधनहरु दलदलेमै रोकिएका छ्न ।

यसैगरी  पहाडी क्षेत्र जोडने वैकल्पिक मार्गका रुपमा रहेको कालीगण्डकी करिडोरसमेत अवरुद्ध भएको छ । गैँडाकोटदेखि बुलिङटार हुँदै डेढगाउँलाई जोडेको कालीगण्डकी करिडोरमा पर्ने फुलमती खोला नजिकै पहिरो खसेको र यस खण्डमा पर्ने खोलाहरूमा आएको बाढीका कारण कालीगण्डकी करिडोर पनि अवरुद्ध भएको बुलिङ्गटार गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारीले जानकारी दिनु भयो । त्यसै गरि बौदिकाली-३ जन्ती पहिरो र थोत्रेनीमा समेत पहिरो खस्दा करिडोर दुईतर्फी रुपमा अवरुद्ध भएको हो ।

 

यातायात सम्पर्क बिच्छेद भए पछि दसैं मान्न घर गएकाहरु फर्किन पाएका छैन्न भने गम्भीर बिरामी भएर सदरमुकाम र चितवन सम्म पुग्नु पर्ने बिरामीहरु समस्यामा परेका छ्न । पहाडी क्षेत्रलाई जोड्ने सडक अवरुद्ध भएपछि सो क्षेत्रका बासिन्दा सदरमुकाम आउनु परे तनहुँको भिमान– खैरेनीटार-मुग्लिन-नारायणगढ हुँदै कावासोती आउनुपर्ने बाध्यता भएको छ ।

पहाडी क्षेत्र जोडने मुख्य बाटोहरुमा ठाउँ ठाउँमा पहिरो गएको र बाटोमा पर्ने साना खोलाहरुमा समेत बाढी आएपछी गाउँपालिकालाई सदरमुकाम सम्म जोडने सडक पुर्ण रुपमा बन्द हुदाँ जनजीवन प्रभावित भएको बौदिकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताउनु भयो । अध्यक्ष ओझाका अनुसार लगातार परेको वर्षाका कारण सडकको पहिरो हटाउन सकिएको छैन भने दैनिक उपभोग्य सामानहरु लैजान समेत कठिन भएको छ ।

प्रकाशित : २०७९ असोज २० गते १८:१२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI