नवलपुरको देवचुलीमा ट्रमा सेन्टर बन्ने

NAWALPUR TIMES

नवलपुरको देवचुलीमा ट्रमा सेन्टर बन्ने
budget bajet 20190527004345

कावासोती । नवलपुरको देवचुलीमा ट्रमा सेन्टर निर्माण गरिने भएको छ  ।

आइतवार संसदमा अर्थमन्त्री जनार्दन शर्माले संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट नवलपुरको देवचुली र रूपन्देहीको सैनामैनामा अत्याधुनिक उपचार सहितको ट्रमा सेन्टर निर्माण गरिने घोषणा गरेका हुन् ।

देवचुलि पूर्वपश्चिम राजमार्गसँग जोडिएको नगर हो । यस क्षेत्र क्षेत्रका नागरिकको स्वस्थ्य जीवन सुनिश्चित गर्न ट्रमा सेन्टर निर्माण गरिन लागेको सरकारले बताएको छ ।

ट्रमा सेन्टर बनेपछि यस क्षेत्रको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार हुने अपेक्षा गरिएको छ ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology