नवलपुरको दुईवटा निर्वाचन क्षेत्रमा काङ्ग्रेसको क्षेत्रीय अधिवेशनका लागि मतदान सुरु

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर ७ गते ११:०३
नवलपुरको दुईवटा निर्वाचन क्षेत्रमा काङ्ग्रेसको क्षेत्रीय अधिवेशनका लागि मतदान सुरु
IMG 20211123 092541 scaled

नवलपुर । नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत नवलपुरका २ वटा संघिय निर्वाचन क्षेत्रको क्षेत्रीय कार्यसमिति र ५० जना महाधिवेशन प्रतिनिधि छनौटका लागि मतदान सुरु भएको छ ।

संघीय क्षेत्र नं १ को देवचुलीको सहारा पार्टी प्यालेस र क्षेत्र नं २ को नवजागरण बहुमुखी क्याम्पस चोरमारामा मतदान सुरु भएको हो ।

संघीय क्षेत्र नं १ मा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मतदान गरेर निर्वाचन सुरु गरिएको हो ।

क्षेत्र नं. १ मा सभापतिमा कमलप्रसाद पराजुली र अमृत भट्टचनको नेतृत्वमा पदाधिकारी र सदस्य सहित प्यानलबीच कडा प्रतिप्रर्धा हुने देखिएको छ । कमल पराजुली काँग्रेस महामन्त्री डा. शशांक कोइराला प्यानलका हुन् भने अमृत भट्टचन महेन्द्रध्वज जिसी निकट अर्थात रामचन्द्र प्यानलका हुन् ।

त्यसैगरी क्षेत्र नं. २ को सभापतिमा सूर्य गुरुङ र जगत बहादुर कार्की नेतृत्वको प्यानल बीच कडा प्रतिप्रर्धा हुने देखिएको छ । सूर्य गुरुङ महेन्द्र ध्वज जिसी निकट अर्थात रामचन्द्र पौडेल प्यानलका हुन् भने र जगत बहादुर कार्की विष्णु कार्की निकट अर्थात शेरबहादुर देउवा प्यालनका हुन् ।

क्षेत्र नं. १ मा १ मा २४ मा ४७ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं. १ मा गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली सहित महेन्द्रध्वज जिसी, मदनभक्त अधिकारी, सत्यनारायण खनाल, ओम सापकोटा, अशोक बस्ताकोटी, भरत तिवारी, क्युप्रसाद बस्याल, बालकृष्ण घिमिरे लगायत केन्द्रिय प्रतिनिधिको चुनावी मैदानमा रहेका छन् ।

त्यसैगरी क्षेत्र नं. २ मा २५ जना केन्द्रिय प्रतिनिधि छनौटका लागि ५३ जनाको उम्मेदवारी परेको छ ।

यहाँ विष्णु कार्की, विष्णु लामिछाने, डम्बर जिसी, लक्ष्मी पाण्डे, ओमकुमारी महतो, गणेशमान श्रेष्ठ, भरत भुसाल, सुमित्रा खनाल, कमल राज गुरौं, हेमु शंकर देवकोटा, दुर्गाबहादुर राना, मानबहादुर सदाशंकर लगायतका काँग्रेसका हस्तीहरु केन्द्रिय प्रतिनिधि छनौटका लागि चुनावी मैदानमा रहेका छन् ।

 

 

प्रकाशित : २०७८ मंसिर ७ गते ११:०३

ताजा अपडेट

Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI