कावासोती । नवलपुरको डण्डा आसपास भारी वर्षा भएको छ । वर्षा अझै नरोकिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो समाचार तयार पार्दा सम्म डण्डामा पछिल्लो तीन घण्टामा १०१.६ मिमि पानी परेको छ ।
पछिल्लो तीन घण्टामा डण्डा, देउराली आसपास भारी वर्षा भएको आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । उक्त स्थान भएर बहने साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको हो ।
महाशाखाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेहरुलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । साथै कमजोर, भिरालो जमिनमा पहिरोको जोखिम रहने हुँदा यात्रा गर्दा सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।
प्रकाशित : २०८० असार २७ गते ९:४४
Facebook Comment