नवलपुरका ३ जना सहित ६ कोरोना संक्रमितलाई पिसिआर परिक्षण बिनै भरतपुर अस्पतालबाट डिस्चार्ज

NAWALPUR TIMES

नवलपुरका ३ जना सहित ६ कोरोना संक्रमितलाई पिसिआर परिक्षण बिनै भरतपुर अस्पतालबाट डिस्चार्ज
bharatpur hospital

नवलपुरका ३ जना र चितवनका ३ जना गरी ६ जना कोरोना संक्रमितलाई पुन पिसिआर परीक्षण नगरी डिस्चार्ज गरिएको छ।

भरतपुर अस्पतालमा उपचाररत नवलपुरका ३ जना र चितवनका ३ जनालाई जेठ ३० गते नै डिस्चार्ज गरिएको भरतपुर अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नवलपुरका ३ जना सहित ६ कोरोना संक्रमितलाई पिसिआर परिक्षण बिनै भरतपुर अस्पतालबाट डिस्चार्ज 2

नवलपुरको देवचुली १२ का ४९ बर्षीय पुरुषलाई ३१ दिन पछि, देवचुली १ का १९ बर्षीय पुरुषलाई १५ दिन पछि र विनयी त्रिवेणी ६ का ४५ बर्षीेय पुरुषलाई २१ दिन पछि शुक्रबार डिस्चार्ज गरिएको हो।

त्यसैगरी चितवनको भरतपुर महानगरपालिका ६ का बर्ष ५२, बर्ष ७४ र ७३ का ३ जनालाई २० र २१ दिनको दिन शुक्रबार डिस्चार्ज गरिएको हो ।

उनीहरुमा पिसिआर परीक्षणमा कोरोना पोजेटिभ आए पनि सर्ने सम्भावना अत्यन्तै न्यून हुने हुँदा पालिका प्रमुख, वडाअध्यक्ष, स्वास्थ्य शाखासँगको समन्वयमा डिस्चार्ज गरिएको जनाएको छ ।

उनीहरुलाई १४ दिन होम क्वारेन्टाइनमा बस्नु पर्ने, क्वारेन्टाइनको सबै नियम पालना गर्नु पर्ने, घरका परिवारका सदस्यसँग १ मिटरको दुरी कायम गर्नु पर्ने, साबुन पानीले मिचिमिची हात धुनु पर्ने, माक्स प्रयोग गर्ने, पौष्टिक खानाहरु सन्तुलित रुपमा खाने, कुनै नयाँ लक्षण देखिए सम्बन्धित चिकित्सकसँग सम्पर्क गर्ने सर्तमा छाडिएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology